Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोला जलविद्युतले डाक्याे एजीएम, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, ११ : २६ मा प्रकाशित

माथिल्लो मैलुङ खोला जलविद्युतले डाक्याे एजीएम, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा असाेज ९ गते, आइतबार अकामा होटेल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सानसम्बन्धी विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू छलफल गरी पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको