Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोलाको आईपीओ सूचिकरण कहिले ?

नेप्से

बुधबार, ३० भदौ २०७८, १२ : २५ मा प्रकाशित

मैलुङ खोलाको आईपीओ सूचिकरण कहिले ?

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड साउन २६ गते, मंगलबार भएकाे थियाे । साधारण सेयर (आईपीओ) बाँडफाँड भएकाे एक महिना बितीसक्दा पनि कम्पनीकाे आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुन सकेकाे छैन । 

कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओ कहिले सूचिकृत हाेला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

कम्पनीले आईपीओ सूचिकरणका लागि नेपाल स्टक एक्सचेञ्जसँग सम्झाैता गरिसकेकाे छ । तर आवश्यक कागजातहरू नपुगेकाे हुनाले सूचिकरण हुन सकेकाे छैन । कम्पनीबाट सम्पूर्ण कागजातहरू आईसकेपछि अर्काे साताबाट दाेश्राे बजारमा काराेबार खुलाउने तयारी गरिएकाे नेप्सेले जनाएकाे छ । 

कम्पनीले  साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियाे ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

गाेलाप्रथाबाट गरिएकाे बाँडफाँड सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि र अधिकतम २८७ रुपैयाँ २५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ७५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २८७ रुपैयाँ २५ पैसा हुन्छ । 

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०५९ साउन ७ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएर २०७१ भदौ ६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ७२ पैसा र प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको