Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी ३०.३० रुपैयाँले बढ्यो

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ०८ : ०० मा प्रकाशित

महुली लघुवित्तको नाफामा छलाङ, प्रतिसेयर आम्दानी ३०.३० रुपैयाँले बढ्यो

महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको मुनाफामा बृद्धि भएको छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले ९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५५.१६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड १५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको सञ्चालन मुनाफा पनि २९२.९४ प्रतिशतले बटेर १३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड ४८ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३४.४८ प्रतिशतले बढेर २३ करोड ७८ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड ८० लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ६१.५२ प्रतिशतले बृद्धि भएको हो ।  

खुद मुनाफामा आएको बृद्धिसगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा बढेको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७५ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ४९.७९ गुणा रहेको छ ।

समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको बृद्धिले पनि खुद मुनाफामा उछाल आएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको