Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल प्रगती फण्ड र सम्बृद्धि फण्ड-१ द्धारा बम्पर लाभांश घोषणा !

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ०८ : ४५ मा प्रकाशित

एनआइबिएल प्रगती फण्ड र सम्बृद्धि फण्ड-१ द्धारा बम्पर लाभांश घोषणा !

एनआईबिल म्युचुअल फण्ड अन्तरर्गत एनआइबिएल एस क्यापिटल योजना व्यबस्थापक रहि संचालनमा रहेका एनआईबिएल प्रगती फण्ड र सम्बृद्धि फण्ड १ को बम्पर लाभांश घोषणा भएको छ । 

योजनाम व्यबस्थापकको हिजो बिहिबार बसेको बैठकले एनआईबिएल प्रगती फण्डका इकाइधनीहरुका लागि ५० प्रतिशत लाभांश (कर सहित) र एनआईबिएल सम्बृद्धि फण्ड १ का ईकाइधनीहरुका लागि ३५ प्रतिशत (कर सहित) लाभांश घोषणा गरेको हो । 

एनआईबिएल सम्बृद्धि फण्ड १ का ईकाइधनीहरुलाई ३५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गरिन लागेको हो भने एनआईबिएल प्रगती फण्डका इकाइधनीहरुका लागि ३७ करोड ५० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागिएको क्यापिटलले जनाएको छ ।

दुबै योजनाको बुकक्लोज सम्बन्धी सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको