Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाइड्रोले आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, १२ : ३० मा प्रकाशित

सुपरमाई हाइड्रोले आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको श्रावण १२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ ५ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्तापूँजीको ११.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6103a11ed0c83.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको