मदन पुरस्कार २०७७ लाई ९ वटा पुस्तक छानिएकाे छ । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
छनाेटमा परेका ९ वटा पुस्तकहरू क्रमश : केशव दाहालको मोक्षभूमि, गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, जेशन कुँवरको रमिते, कृष्ण अविरलको करिया, लेखनाथ क्षेत्रीको फुलाङ्गे, भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज, कुमार नगरकोटीको कल्प ग्रन्थ, प्रभा बरालको फिलिङ्गो र वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् ।
छानिएका यी ९ पुस्तकहरूमध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार दिइनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस