Like us!
Follow us!
Connect us!
Watch us!

होसियार ! कतै फेसबुकमा निःशुल्क पुस्तकका नाममा तपाईको व्यक्तिगत विवरणको व्यापार त हुँदै छैन ?

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १४ : ११ मा प्रकाशित

होसियार ! कतै फेसबुकमा निःशुल्क पुस्तकका नाममा तपाईको व्यक्तिगत विवरणको व्यापार त हुँदै छैन ?

अहिले जतासुकै व्यक्तिगत गोपनीयता र जानकारीको विशेष ख्याल गर्ने गरिन्छ तर नेपालमा भने छुट्टै प्रसंग चलिरहेको छ । व्यक्तिगत जानकारीको सुचनाको अभाव वा अन्य कुनै प्रसंग कमी कसैलाई आफ्नो व्यक्तिगत जानकारी सार्वजनिक रूपमा दिन कति पनि हिच्किचाउँदैनाैँ। अज्ञानता होला वा अन्य केही कसैले सार्वजनिक रूपमा केही दिने भनी तथ्याङ्क माग्यो भने उक्त तथ्याङ्क दिन हामीलाई १ सेकेण्ड पनि लाग्दैन। 

यस्तै तथ्याङ्क संकलन गर्दै अहिले नेपालभर एउटा गिरोह नै लागि परेको छ। निःशुल्क पुस्तक वितरणको आडमा तपाईंको तथ्याङ्क गोप्य रूपमा संकलन भइरहेको छ। 

विषयवस्तुमा कुरा गर्दा तपाईंको प्रति उत्तर आउन सक्छ हामीलाई उसले हाम्रो नम्बर माग्यो हामीले ठेगाना र नम्बर दियौँ उसले भने बमोजिम पुस्तक फिर्ता गर्यो अब उसलाई हाम्रो फोन नम्बरको के काम ?

काम धेरै छ तपाईंको फोन नम्बर र बसोबासको जानकारी निकै महत्त्वपूर्ण छ। तपाईंलाई अनुमान पनि लगाउन सक्नुहुन्न कसरी तपाईंको फोन नम्बरको दुरुपयोग हुन सक्छ। यसको बारे थप बुझ्न गुगलमा सेल फोन स्क्याम खोज्न सक्नुहुन्छ।

तपाईंले सार्वजनिक रूपमा आफ्नो व्यक्तिगत विवरण उल्लेख गर्दा त्यसको गलत प्रयोग अवश्य हुन्छ त्यो तपाईंले बुझ्नु जरुरी छ। तपाईंले नचिनेको मान्छेसँग तपाईंको नम्बर हुनु आफैंमा गलत प्रयास हो। कसैले निःशुल्क पुस्तक बाँडिरहेको छ भने त्यो पुस्तकमा शंका गर्नु आवश्यक हुन्छ। 

पुस्तकलाई नेपालमा मात्र निःशुल्क वितरण गरिएको भने हैन छिमेकी राष्ट्र भारतमा पनि यस कुराको उत्तिकै हावी भई रहेको छ। 

तपाईंले दिनुभएको आफ्नो नाम र नम्बर ठेगाना को प्रयोग गरी कसैले तपाईँको नाममा रहेको सिम निकाल्न असम्भव पनि हुँदैन। किर्ते तथ्याङ्क बनाएर तपाईंको नामको सिम निकालेको उदाहरण प्रसस्त छ।

 तपाईंले यो बुझ्नु जरुरी छ अपराधिक मनसाय भएका व्यक्तिबीच तपाईँको फोन नम्बरको व्यापार भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको