Like us!
Follow us!
Connect us!
Watch us!

नारायण थापा 'कल्पित' का दुई कृति विमोचन

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १० : ५६ मा प्रकाशित

लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्धारा लिखित दुई कृतिहरु शनिबार विमोचन भएका छन् । शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि कृतिहरु सार्वजनिक गरिएको हो ।

शनिबार थापाका दुई कृति 'चाँदनी' उपन्यास तथा कथा संग्रह 'उल्टो म' को विमोचन गरिएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरुले थप इट्टा थप्ने काम गरेको बताए ।

उक्त कमर्यक्रममा थापाद्धारा रचित दुई गितहरु समेत सार्वजनिक गरिएको थियो । 'कौसीमा हेरेर' र 'मूल्य त पाहिन्छ' बोलका दुई गितहरु सार्वजनिक गरिएको हो । ग्रिन भ्याली समाजका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा वरिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको