पत्रकार प्रज्ज्वल चापागाईँको पुस्तक हेर्दाहेर्दै सार्वजनिक भएको छ । शनिबार प्रज्ञाभवनमा आयोजित कार्यक्रमका बीच उक्त पुस्तकको विमोचन गरिएको हो ।
लामो समय पत्रकारिता, अध्यापनमा विताएका चापागाईँको यो दोस्रो पुस्तक हो । पुस्तकमा चापागाईँयो यात्रा अनुभवदेखि पत्रकारिता र विदेशमा बस्दाका अनुभवहरु समावेश गरिएको छ । उक्त पुस्तक भुडिपुरण प्रकाशनले बजारमा ल्याएको हो । बिमोचन कार्यक्रममा योगमाया विश्वविद्यालयका उपकुलपति प्राडा रमेश ढुङ्गेलले पुस्तकमा राजनीति, इतिहास र अनुभवको समावेश भएकाले पुस्तक निकै चाखलाग्दो रहेको बताए । पुस्तकमा लेखक चापागाईँको अनुभव सँगै शासन प्रणालीदेखि नेपालको इतिहाससम्मका कुराहरु समावेश गरिएकाले पुस्तक पठनीय रहेको उनको भनाइ थियो ।
त्यस्तै वरिष्ठ पत्रकार पुरुसोत्तम दाहाले यो पुस्तकले प्रज्ज्वल चपागाईँलाई सधै भरिका लागि जिवित राख्ने धारणा व्यक्त गरे । देशको चिन्ता देशमा बस्नेले लिनु पर्ने भन्दै विदेशमा गएकाहरुले धेरै रोइलो गर्न आवश्यक नरहेको उनको धारणा थियो । अहिले देखिएको निराशालाई चिर्नका लागि पनि सबै लाग्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै कवि श्यामलले हेर्दाहेर्दैमा प्रज्ज्व चापागाईँले पोलिसि निर्माणमा नै सहयोग पुग्नेगरि विषयहरु उठाउन गरेको बताए । पुस्तकमा आन्तरिक र बाह्य बसाइसराइका विषयदेखि नीति निर्माणका लागि पनि सहयोग पुग्ने विषयवस्तु समावेश भएको उनको भनाइ छ । आफूले भोगेका र समाजमा भएका विषयहरुमा पुस्तकले धेरै कुरा बोलेको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउले पुस्तकमा धेरै प्रकारका आलेखहरु रहेकाले एउटै पुस्तकमा विविधताको अनुभव गर्न सकिने बताए । चापागाईँले पुस्तकमा वास्तविकतालाई स्वीकार गरेकाले पुस्तक पठनीय रहेको उनको भनाइ छ । पुस्तकमा रौतहटदेखि काठमाडौं हुँदै अष्ट्रेलिया र फेरि काठमाडौं अनि क्यानडासम्मको विषयहरु समावेश गरिएकाले पढीसक्दा पुस्तकमा एक भन्दा बढी विषयहरुको जानकारी लिन सकिने बताए ।
लेखक चापागाईँले यो पुस्तकमा आफ्ना भावना र अनुभूतिहरु समावेश गरेर प्रकाशन गरिएको बताए । पुस्तक प्रकाशन गर्दासम्म सहयोग गर्नेहरुप्रति उनले कृतज्ञता ज्ञापन गरे । चापागाईँले यस अघि हिड्दाहिड्दै पुस्तक प्रकाशन गरिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस