Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोलाको आईपीओमा आवेदनको ओइरो, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

आइतबार, १७ साउन २०७८, १७ : २२ मा प्रकाशित

मैलुङ खोलाको आईपीओमा आवेदनको ओइरो, पर्ने सम्भावना न्यून बन्दै

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा मागभन्दा ३५.२८ गुणा धेरै आवेदन परेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना लगानीकर्ताले २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएकाे ६ लाख ८४ हजार ७ सय ४६ कित्ता भन्दा ३५.२८ गुणा धेरै आवेदन हो ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते, बुधबार अनुमति प्रदान गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा भाेलि साउन १८ गतेसम्ममा आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको