Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको नाफामा उल्लेख्य सुधार, अन्य आम्दानी कस्ताे छ ?

अर्थ संसार

सोमबार, १८ साउन २०७८, ०८ : ४८ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको नाफामा उल्लेख्य सुधार, अन्य आम्दानी कस्ताे छ ?

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण हेर्दा गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४४ करोड ७२ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १४५.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १८ करोड २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९० करोड १० लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७२.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५२ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा १०२.५२ प्रतिशतले बढेर ५९ करोड ५ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा २९ करोड १५ लाख ९० हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी स्थीर छ । संस्थाकाे जगेडा कोष २०१.९७ प्रतिशतले बढेर ६३ करोड १२ लाख १० हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७२ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

610760fb44fa7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको