Like us!
Follow us!
Connect us!
Watch us!

समिट लघुवित्तले २०१.६२ प्रतिशतले बढायाे नाफा, अरू सूचक के भए ?

अर्थ संसार

सोमबार, १८ साउन २०७८, ११ : ५० मा प्रकाशित

समिट लघुवित्तले २०१.६२ प्रतिशतले बढायाे नाफा, अरू सूचक के भए ?

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण हेर्दा गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ९८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४७५.५५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड ४० लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७२.७० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड २ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा २०४.४४ प्रतिशतले बढेर १९ करोड १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ६ करोड २४ लाख ६२ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३९ करोड ४३ लाख रूपैयाँ रहेकाे छ । संस्थाकाे जगेडा कोष १२५.९२ प्रतिशतले बढेर २१ करोड ७८ लाख रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३८ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको