Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुबित्तको प्रतिसेयर आम्दानी ६५.६९ रुपैयाँ पुग्यो, खुद मुनाफा कति ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, ०६ : ४४ मा प्रकाशित

लक्ष्मी लघुबित्तको प्रतिसेयर आम्दानी ६५.६९ रुपैयाँ पुग्यो, खुद मुनाफा कति ?

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५९.४३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ९ करोड ८९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५९.९८ प्रतिशतले बढेर २४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड ५५ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३०.६० प्रतिशतले बढेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ र जगेडा कोषमा ३२ करोड ९८ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५ पैसा रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको