एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (साउन १९ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।
बैंकले मेराे माइक्राेफाइनान्सकाे ८९ हजार ४ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १० हजार एक सय ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
कुनकाे मूल्य कति ?
मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ५९५ रुपैयाँ
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ५०६ रुपैयाँ
नागरिक लगानी काेष = १४३६ रुपैयाँ
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज (साउन १९ गते, मंगलबार) बाट साउन २९ गते, शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । महुली लघुवित्तकाे सेयरमा भने न्युनतम ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस