Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोलाको आईपीओ आज पनि भर्न पाइने, कति बजेदेखि कति बजेसम्म ?

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, १२ : १२ मा प्रकाशित

मैलुङ खोलाको आईपीओ आज पनि भर्न पाइने, कति बजेदेखि कति बजेसम्म ?

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आज (साउन १९ गते, मंगलबार) पनि केही समयका लागि आवेदन दिन सकिने भएकाे छ ।

उक्त आईपीओमा १२ बजेदेखि १:३० बजेसम्म आवेदन दिन सकिने भएकाे हाे । हिजाेदेखि सिस्टममा प्राविधिक समस्या देखिएकाे हुनाले निश्चित समय थपिएकाे सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् ।

हिजाे सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा समस्या देखिएकाे थियाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको