Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाबाट हवाइ टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, १७ : १४ मा प्रकाशित

इसेवाबाट हवाइ टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा सहभागी हुनेछन् । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ । 

यस योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत  अथवा रू २५० सम्मको छुट पाउने छन् । यस्तै हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाइ यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ । यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एप मार्फत टिकट काट्नु पर्नेछ । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १५ हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको