Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारीको नाफामा छलाङ, ईपीएस कति?

अर्थ संसार

बुधबार, २० साउन २०७८, ०६ : ११ मा प्रकाशित

आरम्भ चौतारीको नाफामा छलाङ, ईपीएस कति?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले राम्राे प्रगति गरेकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३९०.५७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ३० करोड ७२ लाख ५२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ११०.९८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि ३६०.५२ प्रतिशतले बढेर १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड ४४ लाख ९९ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २८ कराेड ६७ लाख ६३ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १६ करोड ३६ लाख २८ हजार रुपैयाँ सञ्चित छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १३ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ३८.२७ गुणा रहेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६ पैसा रहेको छ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6109e0859e035.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको