Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तले कार्तिक ३० गतेदेखि एकिकृत कारोबार गर्ने

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ११ : ०५ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तले कार्तिक ३० गतेदेखि एकिकृत कारोबार गर्ने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्तिक ३० गते, मंगलबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई कार्तिक १ गते अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै कम्पनीकाे गत चैत्र ३१ गते सम्पन्न भएकाे साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि कार्तिक १४ गते स्वीकृती प्रदान गरेकाे छ ।

प्राप्ति पश्चात अब "आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार  हुनेछ । प्राप्ति पश्चात् संस्थाको रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला स्थित बनेपा नगरपालिका वडा नं.१० मा रहनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61821dc550cd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको