Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तले पायो देउराली लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, ११ : ३८ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तले पायो देउराली लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएकाे छ । राष्ट्र बैंकले हिजाे (कार्तिक १ गते, साेमबार) मर्जर तथा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।  

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.८४ काे स्वाप रेसियोमा प्राप्त गर्नुपर्नेछ । जस अनुसार देउराली लघुवित्तको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि आरम्भ चौतारी लघुवित्तको नाममा ८४ कित्ता सेयर प्राप्त गर्नेछन् ।

त्यसैगरी, प्राप्ति पछि संस्थाकाे केन्द्रीय कार्यालय काभेपलाञ्चोकको बनेपा नगरपालिका - १० मा रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको