Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चाैतारी लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ११ : २० मा प्रकाशित

आरम्भ चाैतारी लघुवित्तले लाभांश वितरण नगर्ने

आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।

संस्थाकाे फागुन २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ ।

साथै, सोहि बैठकको संस्थाले आ.व २०७८ / ०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

यसअघि संस्थाले अघिल्लाे वर्ष आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गरेकाे थियाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6409709d3c7e0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको