Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तकाे नाफासँगै घट्यो ईपीएस, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, ११ : ३६ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तकाे नाफासँगै घट्यो ईपीएस, अन्य अवस्था कस्तो ?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरिसकेको छ । संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार संस्थाकाे खुद नाफासँगै ईपीएस पनि घटेकाे छ ।

खुद नाफा 

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा संस्थाकाे नाफा घटेर ६६ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ५५.०५ प्रतिशतले घटेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक करोड ४७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी

चालु आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्म संस्थाले ६ करोड ७८ लाख ३० हजार रूपैयाँ बराबरकाे खूद ब्याज आम्दानी गरेकाे छ । उक्त आम्दानी अघिल्लाे वर्षकाे तुलनामा २६.३४ प्रतिशतले घटेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ कराेड २० लाख ८४ हजार रूपैयाँ खूद ब्याज आम्दानी गरेकाे थियाे ।

सञ्चालन मुनाफा

संस्थाकाे नाफासँगै सञ्चालन मुनाफा पनि प्रभावित बनेकाे छ । संस्थाकाे सञ्चालन मुनाफा पनि ६५.९१ प्रतिशतले घटेर ६२ लाख ३२ हजार रूपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक कराेड ८२ लाख ८० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे । 

खराब कर्जाको अनुपात (एनपीएल)

संस्थाको खराब कर्जा भने बढेको छ । गत वर्षको यसै अवधिमा ४.६२ प्रतिशत रहेको खराब कर्जाको अनुपात अहिले ०.३३ प्रतिशतले बढेर ४.९५  प्रतिशत पुगेको छ । 

प्रतिसेयर आम्दानी (ईपीएस)

संस्थाको प्रतिसेयर आम्दानी ईपीएस १३ रूपैयाँ ३७ पैसाले घटेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा २० रूपैयाँ ६१ पैसा रहेकाे संस्थाकाे प्रतिसेयर आम्दानी ईपीएस चालु आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्म आइपुग्दा घटेर ७ रूपैयाँ २४ पैसामा सिमित भएकाे छ । 

चुक्ता पूँजी

संस्थाकाे चुक्ता पूँजी २८.०३ प्रतिशतले बढेर ३६ कराेड ७१ लाख ४३ हजार रूपैयाँ पुगेकाे छ । 

जगेडा काेष

संस्थाकाे जगेडा काेष ३६.८० प्रतिशतले घटेकाे छ । संस्थाकाे जगेडा काेषमा ११ कराेड २५ लाख ७३ हजार रूपैयाँ सञ्चित रहेकाे छ । 

प्रतिसेयर नेटवर्थ 

समिक्षा अवधिमा संस्थाकाे प्रतिसेयर नेटवर्थ एक सय ३० रूपैयाँ ६६ पैसा रहेकाे छ । संस्थाकाे नेटवर्थ ३१ रूपैयाँ ४५ पैसाले घटेकाे हाे । गत वर्षकाे यसै अवधिमा संस्थाकाे प्रतिसेयर नेटवर्थ एक सय ६२ रूपैयाँ ११ पैसा रहेकाे थियाे । 

मूल्य आम्दानी अनुपात (पीई रेसियो)

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार संस्थाकाे मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९८.३४ गुणा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

636b40f252037.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको