Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको खुद मुनाफा १९१.५६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, ०६ : ४५ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको खुद मुनाफा १९१.५६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १९१.५६ प्रतिशतले धेरै हो। गत वर्षको यही अवधिमा संस्थाले २ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ११३.२० प्रतिशतले बढेर १२ करोड ५ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड २२ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ११९.१८ प्रतिशतले बढेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ र जगेडा कोषमा १२ करोड ४२ लाख ५ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको