Like us!
Follow us!
Connect us!
Watch us!

८७.२४ प्रतिशतले बढ्यो छिमेक लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २० साउन २०७८, ०७ : ४५ मा प्रकाशित

८७.२४ प्रतिशतले बढ्यो छिमेक लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८७.२४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २ अर्ब ६ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १७.७५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक अर्ब ७५ करोड ३८ लाख ९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि ५१.८३ प्रतिशतले बढेर एक अर्ब ३२ करोड २० लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ८७ करोड ७ लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी एक अर्ब ८३ कराेड रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ३ अर्ब १२ करोड १५ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ४३ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात २६.१६ गुणा रहेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा रहेको छ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6109f72a006e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको