Like us!
Follow us!
Connect us!
Watch us!

निशुल्क डिम्याट खाेल्नुस्, एनआईबिएल सहभागिता फण्डकाे १०० कित्ता ईकाई पाउनुस्

अर्थ संसार

बुधबार, २० साउन २०७८, १२ : २६ मा प्रकाशित

निशुल्क डिम्याट खाेल्नुस्, एनआईबिएल सहभागिता फण्डकाे १०० कित्ता ईकाई पाउनुस्

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ ।

उक्त योजना अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा हितग्राही खाता (Demat Account) निशुल्क खाेलिनेछ । हितग्राही खाता (Demat Account) खोल्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा मासिकरुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ ।

यो योजना आज (साउन २० गते, बुधबार) देखि कार्तिक २० गतेसम्मको लागि लागु हुनेछ ।
 
एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (Demat Account) खोल्न तथा मेरो सेयर दर्ता (Meroshare Registration) अनलाइन प्रणाली मार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।    
 
    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको