Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तको नाफामा उल्लेख्य सुधार, ईपीएस कति ?

अर्थ संसार

विहीबार, २१ साउन २०७८, ०६ : ५६ मा प्रकाशित

एनएमबि लघुवित्तको नाफामा उल्लेख्य सुधार, ईपीएस कति ?

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६२.९७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ५५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४७ करोड ३ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६८.८९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २७ करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि १२३९.१२ प्रतिशतले बढेर ३१ करोड ४८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा २ करोड ३५ लाख १२ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ५३ कराेड ९८ लाख ५ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ३६ करोड ५५ लाख ११ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७१ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८३ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ३८.८० गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

610b3cff12a73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको