Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तको साधारणसभा आज बस्दै, सेयरधनीलाई छैन उत्साह

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, ०८ : १९ मा प्रकाशित

एनएमबि लघुवित्तको साधारणसभा आज बस्दै, सेयरधनीलाई छैन उत्साह

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको आज साधारणसभामा बस्दै छ। कम्पनीको आज असार २१ गते, शुक्रबार, होटल बाराही पोखरा प्रा.लि., पोखरा ६ स्ट्रिट नं. १३, कास्कीमा बिहान ११ बजे आफ्नो एघारौँ वार्षिक साधारण सभा बस्न लागेको हो। 

सभाको आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने,आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने यस अघि नै जानकारी दिसकेको छ। केहि लगानीकर्ताले कम्पनीले लाभांस नदिएपछि खुलेरै सामाजिक संजालमा लेखेर असन्तुष्ट रहेको बताएका थिए। 

तेस्तै ,सभाले केन्द्रिय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारण तर्फको सेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

यस बाहेक,सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्नेछ।

संस्थाले साधारण सभा प्रयोजनार्थ असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो । जस अनुसार असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र संस्थाको साधारण सभामा सहभागिता जनाउन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको