निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे नाफामा उल्लेख्य सुधार देखिएकाे छ ।
गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २२३.२६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
संस्थाले ४ अर्ब २६ करोड २३ लाख रुपैयाँ राइट ब्याक गरेकाे हुनाले नाफा वृद्धि भएकाे हाे ।
चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २ अर्ब १४ करोड ३३ लाख ४० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४३.५४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक अर्ब ४९ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन नाफा भने २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ । संस्थाले सम्भावित जोखिम बापतको व्यवस्थामा ४ अर्ब २६ करोड २३ लाख रुपैयाँ छुट्याएपछि लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक देखिएकाे हो।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी एक अर्ब ६९ कराेड ५० लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा २ अर्ब ८० करोड १० लाख ४६ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २२ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ ।
संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस