Like us!
Follow us!
Connect us!
Watch us!

"नयाँ र युवा लगानीकर्ताहरुलाई नेपालको पुँजीबजारमा अवसर नै अवसर छ"

लगानीकर्ताको आवाज

विहीबार, २१ साउन २०७८, १६ : ०६ मा प्रकाशित

सेयर बजारबाट छोटो समयमै राम्रो आम्दानी गर्न सफल युवा लगानीकर्ता राजेश कटुवालले सेयर बजारको अहिलेसम्मको वृद्धिलाई धेरै ठुलो वृद्धि मान्न नसकिने भन्दै बजार अझै धेरै बढ्न बाँकी रहेको बताएका छन् ।

उनले अर्थ संसार डटकमसँग गरिएको कुराकानीमा नयाँ आईपीओ जारी गरेका विभिन्न कम्पनीहरुको उच्च मूल्य वृद्धि र सिमित २-४ कम्पनीको सेयर मूल्यमा आएको उछालका कारण नेप्से परिसूचकमा धेरै वृद्धि देखिएको भन्दै उनले सेयरबजारको सबैभन्दा ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीहरुको सेयरमूल्य अझ बढ्नै बाँकी रहेको र वास्तविक बुल आउनै बाँकी रहेको बताए ।

उनले पुँजी बजारमा प्रवेश गर्नु अगाडी लगानीकर्ताहरुले आफू कस्तो लगानीकर्ता हुँ भन्ने चिन्नुपर्ने बताएका छन् । रणनितीबीना गरीने लगानी जुनसुकै बेलापनि डुब्न सक्ने तर्क गर्छन् उनी ।

लगानीकर्ताहरुले आफ्नो लगानीको रणनिती मुताबिक नै बजारको अवस्था हेरेर लगानीगर्नुपर्ने भन्दै उनले छोटो सयमका लागि लगानी गर्नेहरुले प्राविधिक पक्षाहरु हेरेर र दिर्घकालिन लगानीगर्ने हरुले कम्पनीको आधारधुत अवस्थाको अध्ययन गरेर लगानी गर्नुपर्ने उनको सुझाव छ।

सेयर बजारमा सँधै कमाइ मात्र नहुने र सँघै नोक्सान पनि नहुने भन्दै उनले नयाँ लगानीकर्ताले धेरै जोखिम मोलेर सेयर कारोबार गर्न नहुने पनि बताए । अहिलेको अवस्थामा नयाँ लगानीकर्ताका लागि सुरक्षित क्षेत्र भनेको बैंक नै हुने भन्दै उनले बैंकको सेयर ह्वातै घट्ने र ह्वातै नबढ्ने उनको तर्क छ । नयाँ लगानीकर्ताले सेयर बजार लगानी गर्दा अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने उनको तर्क छ ।

नयाँ लगानीकर्ताहरुको सबैभन्दा ठुलो समस्या भनेको नै सेयर मूल्य बढ्दा किन्ने र घट्दा बेच्ने रहेको उनको बुझाई छ । सेयर बजार बढ्दा हौसियर किन्ने र घट्दा आत्तिएर बेच्ने मनोविज्ञान नै नयाँ लगानीकर्ताहरुको सबैभन्दा ठुलो समस्या देख्छन् उनी । बजार बढेपछि एकदिन अवश्य घट्छ र घटेपछि पक्कै बढ्छ भन्ने बुझेर सेयर बजार प्रवेश गरे त्यसले दिर्घकालिन रुपमा राम्रो हुने बताउछँन् उनी ।

अहिले पुँजी बजार केही नबढेको उनको बुझाइ छ । नेपालको सेयर बजार भर्खरै मात्र बढ्न थालेको उनको भनाई छ । लगानीकर्ताका लागि बजार प्रवेश गर्ने यो समय ठिक रहेको उनले बताए । अहिले सही समय भन्दैमा निरन्तर बढेका कम्पनीहरुको सेयर किनेर बजार प्रवेश नगरी अहिलेसम्म बढ्न नसकेका कम्पनी छनौट गरेर बजार प्रवेश गर्नसकेमा राम्रो हुने उनको सुझाव छ ।

आगामी दिनमा बजारमा धेरै नयाँ कुरा आउने जस्तै सर्ट सेलिङ, सेयर अक्सन, पुट सेल्स, बाई सेल्स जस्ता प्रविधिको उपयोग पुराना लगानीकर्ताले गर्न नसक्ने र नयाँ लगानीकर्ताहरु प्रविधीमैत्री समेत हुने हुँदा बजारमा प्रशस्त अवसरहरु र्सिजना हुने उनको तर्क छ ।

उनीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको