Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको नाफा १३८.६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, १० : ४० मा प्रकाशित

मिथिला लघुवित्तको नाफा १३८.६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले सन्तोषजनक प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३८.६२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ३५ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड रुपैयाँ भन्दा बढि खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड ६५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म संस्थाको सञ्चालन नाफा पनि १४५.७५ प्रतिशतले बढेर ८ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ३ करोड ३४ लाख रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १२ करोड १७ लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा १३६.०९ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ५०.८३ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

610cc1424ebb8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको