Like us!
Follow us!
Connect us!
Watch us!

करिब १० प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको नाफा, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

विहीबार, २९ साउन २०८२, ११ : १८ मा प्रकाशित

करिब १० प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको नाफा, वितरणयोग्य मुनाफा कति ?

नेपाल एसबिआई बैंक लिमिटेडको नाफा करिब १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ९.८६ प्रतिशतले नाफामा वृद्धि भएको हो । 

वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.५५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.६२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँमा पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ८१ पैसा घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको छ ।

१० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पँुजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको