Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको नाफा १६ करोड माथि, इपिएस कति ?

अर्थ संसार

विहीबार, २९ साउन २०८२, १२ : १७ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको नाफा १६ करोड माथि, इपिएस कति ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडलेको नाफामा साढे ९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९.६६ प्रतिशतले बढेको हो । 

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  अघिल्लो आवमा ६४ करोड ५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आवमा ४६.६२ प्रतिशत वृद्धि गर्दै ९३ कराड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमा कोषको आकार पनि २ अर्ब ८५ करोड रुपैयाँबाट १८.६४ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ ।

यता कम्पनीको कुल आम्दानी १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यद्यपि कम्पनीको प्रतिशेयर आम्दानी भने ९.५५ रुपैयाँबाट घटेर ६.२८ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ १७७.०६ रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ७४ रुपैयाँ, सेयर प्रिमियम २७ करोड १९ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको