Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनी नाफामा उल्लेख्य सुधार, गत वर्ष कति कमायो नाफा ?

अर्थ संसार

बुधबार, २८ साउन २०८२, ११ : ०७ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनी नाफामा उल्लेख्य सुधार, गत वर्ष कति कमायो नाफा ?

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ३६२.४९ प्रतिशतले नाफा बढेको हो । 

गत आर्थिक वर्षमा कम्पनीले १० करोड ५ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

यता, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ करोड ४३ लाख ५६ हजार रुपैयाँ कुल आम्दानी रहेको कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ४७.२१ प्रतिशतले बढेर २५ करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५५ प्रतिशत घटेर १३ करोड १९ लाख रुपैयाँ पुगेको वित्तीय रिपोर्टमा उल्लेख गरेको छ ।
यसअवधिमा कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ६ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी समेत चमक देखिएको छ । समीक्षा अवधिमा कम्पनीको उक्त आम्दानी ११ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा रहेको छ भने प्रिितसेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको