Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ?

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, १२ : ५५ मा प्रकाशित

स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ११५ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो । 

गत आर्थिक वर्षमा कम्पनीले कुल २३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ११५.१७ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्ममा ११ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । वित्तीय विरण अनुसार कम्पनीको खराब कर्जा (एनपीएल) अघिल्लो वर्ष ५.५६ प्रतिशत रहेकोमा गत वर्ष बढेर ७.५४ प्रतिशत पुगेको छ । खराब कर्जा बढे तापनि कम्पनीको खुद नाफा बढेको विवरणले देखाएको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४२ करोड ५६ लाख रुपैयाँबाट ४७.२४ प्रतिशतले बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५० करोड ८० लाख रुपैयाँबाट ४२.७० प्रतिशतले बढेर ७२ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीले अघिल्लो वर्ष १३ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष १४९.३० प्रतिशतको वृद्धि सहित ३२ करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ ।

यता कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्ष १६.६० रुपैयाँ रहेकोमा गत वर्ष १३.९८ प्रतिशतले बढेर ३०.५८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.२० रुपैयाँ रहेको छ । ७८ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषको आकार १७ करोड १७ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोषको आकार पनि २४ करोड ५३ लाख रुपैयाँबाट बढेर ३० करोड रुपैयाँ नाघेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको