हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा नाफा उल्लेख्य वृद्धि भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ७७.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६६.७८ गुणा बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ रुपैयाँ ३६ पैसा बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ३९.८७ गुणा रहेको छ । ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस