Like us!
Follow us!
Connect us!
Watch us!

बालाजुस्थित नेबिको बिस्कुट कारखानामा आगलागी

अर्थ संसार

शनिबार, २३ साउन २०७८, ०८ : ३३ मा प्रकाशित

बालाजुस्थित नेबिको बिस्कुट कारखानामा आगलागी

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ । गएराति करिब २ बजेरदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । 

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार आगो नियन्त्रणका दमकल र अग्नि नियन्त्रक फोम प्रयोग गरिएको छ ।  प्रहरी र स्थानीय बासीको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ । के कारणले आगलागी भएको भन्नेबारे खुल्न सकेको छैन । आगलागीले पुर्याएको क्षतिबारे विवरण आउन बाँकी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको