Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक ५ अंकले बढ्याे, कारोबार ८ अर्बमा सिमित

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १५ : ०० मा प्रकाशित

नेप्से परिसूचक ५ अंकले  बढ्याे, कारोबार ८ अर्बमा सिमित

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक ५.८२ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुँदा २७८२.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले घटेर ४७३.२३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । आज सेयर बजारमा कारोबार रकममा भने भारी गिरावट आएको छ । 

आज सेयर बजारमा ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कत्तिा सेयर १ लाख ३ हजार २२५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २४ हजार ३३५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको