Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीयहरुका लागि बुद्धभूमी नेपालले साउन ३२ गतेबाट आइपिओ जारी गर्ने

अर्थ संसार

आइतबार, २४ साउन २०७८, ०८ : ४१ मा प्रकाशित

स्थानीयहरुका लागि बुद्धभूमी नेपालले साउन ३२ गतेबाट आइपिओ जारी गर्ने

साउन ३२ गतेदेखि आयोजना प्रभावितक्षेत्रका स्थानियहरुका लागि बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित जिल्ला नुवाकोटका स्थानीयहरुलाई ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  

कम्पनीको आईपिओमा स्थानिहरुले छिटोमा भदौ १४ गतेसम्ममा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् छ ।  कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  

कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको काम सिभिल क्यापिटलले गर्ने छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साउन १४ गते आईपिओ निष्काशनको अनुमति पाएको थियो । 

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्दैछ । जसमध्ये ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको कम्पनीले बताएको छ । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ भने शेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

कम्पनीले  नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित ताँदी खोलामा ५ मेगावाट क्षमताको तल्लो तादी खोला आयोजना निर्माण गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको