युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने तयारी पूरा गरेको छ। कम्पनीले चैत २६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने जनाएको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १००ः१० अनुपातमा, अर्थात् १० प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २३ लाख १० हजार कित्ता सेयर निष्काशन गरिनेछ।
उक्त हकप्रद सेयरमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र इच्छुक योग्य सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गरेको थियो। यस अनुसार फागुन १५ गतेसम्म कम्पनीका सेयरधनी कायम रहेका व्यक्तिहरू मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।
यस सेयर निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ।
नेपाल धितोपत्र बोर्डले माघ २७ गते कम्पनीलाई हकप्रद सेयर निष्काशनको स्वीकृति प्रदान गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस