Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको नाफामा सामान्य बृद्धि, प्रतिसेयर आम्दानी भने घट्यो

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, ०६ : १४ मा प्रकाशित

साना किसान लघुवित्तको नाफामा सामान्य बृद्धि, प्रतिसेयर आम्दानी भने घट्यो

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफा सामान्य बृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ५४ करोड ८२ लाख २१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ अर्ब २१ करोड ६९ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ अब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले घटेर ७७ करोड ४० लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ८२ करोड १५ लाख ७२ हजार रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १ अब २५ करोड १५ लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २ अब ३२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा १७.८३ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६७ पैसाले घटेर ४९ रुपैयाँ १४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ३३.३७ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको