Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्जा असुलपछि कालिका लघुवित्तको नाफा १७६१ प्रतिशतले बढ्यो, इपिएमा छलाङ

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, ०६ : ३५ मा प्रकाशित

खराब कर्जा असुलपछि कालिका लघुवित्तको नाफा १७६१ प्रतिशतले बढ्यो, इपिएमा छलाङ

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफा उल्लेख्य बृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १७६१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २९ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड १५ लाख ६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १६ करोड ७६ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा भने ऋणात्मक छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक छ अघिल्लो आर्थिक बर्षमा यो ३ करोड ३४ लाख रुपैयाँ ऋणात्मक थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी २७ करोड ७५ लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १५ करोड ३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा ४७.२७ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८२ पैसाले बढेर १९ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ७१.९५ गुणा रहेको छ ।

समिक्षा अवधिमा संस्थाको सञ्चालन मूनाफा ऋणात्मक भएपनि संस्थाको खराव कर्जा असुलीले खुद मुनाफामा उछाल आएको हो । समिक्षा अवधिभन्दा अघिल्लो आर्थिक बर्षको अन्तिमममा ६.२ प्रतिशत रहेको खराब कर्जा यो अवधीमा घटेर २.९८ प्रतिशतमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको