Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको नाफा २०५.१८ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, ०७ : २८ मा प्रकाशित

कालिका लघुवित्तको नाफा २०५.१८ प्रतिशतले बढ्यो, ईपिएस कति ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ४० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २०५.१८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २ करोड ७५ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १६.३६ प्रतिशतले बढेर १५ करोड १६ लाख ७० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड ३ लाख ३७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ५६५.८४ प्रतिशतले बढेर ६ करोड ३७ लाख ५५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९५ लाख ७५ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २७ करोड ६८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोषमा २२ करोड ७ लाख १६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ६० रुपैयाँ ७४ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f0a7babd4d7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको