Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको नाफा १३४.०३%ले बढ्दा प्रति सेयर आम्दानीमा पनि सकारात्मक असर

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, ०८ : ४२ मा प्रकाशित

कालिका लघुवित्तको नाफा १३४.०३%ले बढ्दा प्रति सेयर आम्दानीमा पनि सकारात्मक असर

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

यस्तो छ वित्तीय अवस्था 

खुद नाफा
कालिका लघुवित्तले १३४.०३ प्रतिशतले नाफा बढाएको छ। लघुवित्तले गत आर्थिक वर्षको असार मसान्त सम्म ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिअवधिसम्ममा २ करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी

लघुवित्तले असार मसान्तसम्म खुद ब्याज आम्दानी सामान्य बढाएको छ। अघिल्लो असारमसान्तको तुलना खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढाएर २५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तेस्तै, कुल सञ्चालन आम्दानी पनि १.५५ प्रतिशतले बढेको छ।  

इम्पेरमेन्ट चार्ज
२ करोड ७८ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज फर्किंदा लघुवित्तको खुद नाफा बढ्न पुगेको देखिन्छ। 

वितरणयोग्य मुनाफा
३ करोड ४४ लाख रुपैयाँ

वितरणयोग्य प्रति सेयर आम्दानी
९ रुपैयाँ २७ पैसा

निक्षेप संकलन र कर्जा लगानी 
असार सम्म लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रति सेयर आम्दानी
१६ रुपैयाँ ८५ पैसा (९ रुपैयाँ ७१ पैसा बढयो)

प्रति सेयर नेटवर्थ
१७२ रुपैयाँ ७० पैसा

मूल्य आम्दानी अनुपात
७५.८१ गुणा

चुक्ता पूँजी
३७ करोड २३ लाख रुपैयाँ 

जगेडा कोष
२७ करोड ६ लाख रुपैयाँ सञ्चित

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको