Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोलाको आईपीओ बाँडफाँड, नतिजा कसरी हेर्ने ?

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, १० : २५ मा प्रकाशित

मैलुङ खोलाको आईपीओ बाँडफाँड, नतिजा कसरी हेर्ने ?

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज बिहान सम्पन्न भएको छ ।

उक्त साधारण सेयर (आईपीओ) को प्रि अलटमेन्ट असार २४ गते, आइतबार भएको र बाँडफाँडको काम आज मंगलबार बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेकाछन् भने १० कित्ता भन्दा बढिका लागि आवेदन दिने आवेदकहरु मध्यबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका हुन् । 

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ 

कसरी हेर्ने रिजल्ट ?

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट https://www.siddharthacapital.com,, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वेभसाइट https://mailungkhola.com र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको