अर्थ संसार, काठमाडौं–बुढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप एण्ड कम्पनी(सिजिजिसीं)बीच प्रारम्भिक सम्झौतापत्रमा(एमओयू)मा हस्ताक्षर भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारको तर्फबाट भएको यो नै पहलिो सम्झौता हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा ऊर्जा मन्त्री जनार्दन शर्मा र सिजिजिसीका प्रतिनिधिबीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
कुल एक हजार २०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत भइसकेको छ ।करिब तीन खर्ब लागतको सो आयोजनाको सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गर्नेछ ।
निर्माण सम्पन्न भएपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ ।ऊर्जा मन्त्री शर्माले नेपालको इतिहासमा नै पहिलो पटक ठूलो आयोजना अगाडि बढाउने विषयमा हस्ताक्षर भएको राससलाई जानकारी दिनुभयो ।
आयोजनाले चालु आवमा रु १५ अर्ब मुआब्जा वितरण गर्नेछ । नेपाल आयल निगमले भन्सार बिन्दुमा नै प्रतिलिटर रु ५ पूर्वाधार कर मार्फत उठाएको रकम रु नौ अर्ब बढी पुगिसकेको छ । यस्तै सरकारले रु पाँच अर्ब मुआब्जाा वितरणका लागि छुट्टयाइएको छ ।
हस्ताक्षर समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपालका लागि चिनियाँ राजदूत यू होङलगायतको उपस्थिती रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस