Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद र लाभांश पारित गर्न सिनर्जी पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १० : ४५ मा प्रकाशित

हकप्रद र लाभांश पारित गर्न सिनर्जी पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीकाे साउन २६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा भाद्र १८ गते, शुक्रबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, बालुवाटारबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा कम्पनीकाे साउन २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै ४ गतेदेखि गतेदेखि भदाै १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदाै ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61135aa32a6d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको