Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानको नियुक्तीसँगै पुन: जुर्मुरायो हाइड्रोपावर क्षेत्र,नेप्से परिसूचकलाई हाइड्रोकै टेवा

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १५ : ०३ मा प्रकाशित

कुलमानको नियुक्तीसँगै पुन: जुर्मुरायो हाइड्रोपावर क्षेत्र,नेप्से परिसूचकलाई हाइड्रोकै टेवा

नेप्से परिसूचक हरेक दिन नयाँ रेकर्ड बनाउन लम्किरहेकाे छ । सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

हिजाे मंगलबार नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । बुधबार नेप्से परिसूचक ३१६२.४० विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से ३१९७ विन्दुमा पुगीसकेकाे छ । 

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

नेप्से परिसूचक बढ्न हाइड्राेपावर क्षेत्रले टेवा पुर्याएकाे छ । लगातार उछाल छाइरहेकाे हाइड्राेपावर क्षेत्र हिजाे केही प्रभावीत भएकाे थियाे । तर सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधीकरणकाे कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै हाइड्राे क्षेत्रमा फेरि उछाल छाएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० विन्दुमा पुगेकाे छ । नेप्से ०.०२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने २.४७ अंकले घटेर ५८५.६२ विन्दुमा झरेको छ ।

कूल २३० वटा कम्पनीकाे २ कराेड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61139bedaff36.jpg

61139beaaa776.jpg

काराेबार भएका १३ उपसमूहमा ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । बाँकी ५ वटा उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावरकाे सूचक बढेकाे छ ।

61139beceb06b.jpg

बुधबार ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । रूरू जलविद्युत कम्पनी लिमिटेड, रिडी हाइड्राेपावर, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्याेरेन्स रहेका छन् । अन्य बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्राेपावर छन् ।

61139bec05f88.jpg

बुधबार अपर तामाकाेशीकाे सर्वाधिक काराेबार भएकाे छ । धेरै काराेबार हुने अन्य कम्पनीहरूमा क्रमश : अरूण भ्याली, अरूण काबेली, अपि पावर, आईसीएफसी फाइनान्स, रिडी हाइड्राेपावरलगायतका कम्पनी छन् ।

61139bee7f5d7.jpg

यस दिन जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यसपश्चात् धेरै गुमाउने अन्य कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयर, एक्सेल डेभलपमेन्ट बैंकलगायतका कम्पनीहरू छन् ।

61139bedb2ab3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको