Like us!
Follow us!
Connect us!
Watch us!

घरायसी प्रयाेजनलाई न्युनतम बिजुली निःशुल्क दिने सरकारको निर्णय

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १७ : १५ मा प्रकाशित

घरायसी प्रयाेजनलाई न्युनतम बिजुली निःशुल्क दिने सरकारको निर्णय

नेपाल सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत दिने निर्णय भएकाे जानकारी दिएकी हुन् ।

जसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकहरूले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ ।

साेही अवसरमा उनले स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पुर्ण रूपमा छुट दिने घोषणा समेत गरेकी छिन् ।

अब डिप ट्युवेलमा विद्युत बढी माग हुने समयमा महसुलको ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइनेछ ।

त्यसैगरी, सतहको पानी लिफ्ट प्रविधि प्रयोग गरी कृषिमा प्रयोग गर्ने कृषकहरूलाई विद्युत बढी माग हुने समयमा ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको