Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नै घरमा एग चटमरी बनाउनुहोस् (विधिसहित)

आइतबार, २१ जेठ २०७४, १३ : २२ मा प्रकाशित

आफ्नै घरमा एग चटमरी बनाउनुहोस् (विधिसहित)

अर्थ संसार, काठमडौं– एग चटामरी निकै स्वादिलो परिकारमा पर्छ । यसको स्वाद पनि खुबै मिठो हुने भएकाले आफैले पनि मन लागेको बेलामा घरैमा बनाएर खान सकिन्छ । एग चटामरी बनाउन चाहिने सामग्री आवश्यकताअनुसार तयार गर्ने । 

सामग्री :
मैदाको पिठो र यसलाई भिजाएर मुछ्नका लागि आवश्यक मात्रामा पानी राख्ने । 
स्वादअनुसार नुन र खुर्सानी ।
अदुवा र लसुनको पेस्ट । 
जिराका धूलो । 
अण्डा ।
धनियाँ ।

विधि :
मैदाको पिठोलाई राम्ररी मुछ्ने । मुछेको पिठोमा अण्डा, लसुन र अदुवाको पेस्ट, जिराको धूलो, नुन र खुर्सानी स्वादअनुसार, धनियाँ सबै राम्ररी मिश्रण गरी केही समयका लागि त्यत्तिकै राख्ने ।

यसपछि तातेको ताबामा अघि तयार गरेको मैदाको पिठो र अण्डालाई ताबामा फिँजाएर केही समय छोप्ने । मधुरो आगोमा छ मिनेटसम्म पकाएपछि चटामरी एग खानका लागि तयार हुन्छ ।

नारीबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको