Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा मन्त्री शर्माको घोषणा : तीन महिना पहिले तामाकोशी बनाए एक अर्ब पुरस्कार

आइतबार, २१ जेठ २०७४, १४ : ४७ मा प्रकाशित

ऊर्जा मन्त्री शर्माको घोषणा : तीन महिना पहिले तामाकोशी बनाए एक अर्ब पुरस्कार

अर्थ संसार, काठमाडौँ– ऊर्जामन्त्री जनार्दन शर्माले निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ३ महिनाअघि सम्पन्न गर्ने निर्माण व्यवसायीलाई १ अर्ब रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
 
आफ्नो १० महिने कार्यकालमा भएको प्रगतिको बारेमा जानकारी दिन ऊर्जा मन्त्रालयमा आयोजना गरिएको धन्यवाद कार्यक्रममा मन्त्रीश र्माले भने तीन महिना पहिलो आयोजनाको काम सम्पन्न गर्ने जो कोहीलाई सरकारले रु एक अर्बको पुरस्कार दिन्छ, त्यसको तयारी गर्नुस् ।
 
आयोजनालाई निर्धारित समयभन्दा ३ महिना अगावै सक्न के गर्नुपर्छ ?,उनले मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तर्फ हेर्दै सोधे निधारित  समयभन्दा अघि सक्न के के गर्नुपर्छ भन्नुस तर आयोजना ३ महिना अघि नै सम्पन्न हुनुपर्यो ।
 
समय अगावै काम सम्पन्न गर्नका लागि आफूले गर्नुपर्ने काम पूरा गरिदिने मन्त्री शर्माले प्रतिवद्धता जनाए ।

 आयोजना आगामी ०७५ को असारमा पहिलो युनिट सञ्चालनमा ल्याउने र बाँकी युनिट सोही वर्षको मंसिरसम्म पूरा गर्ने कार्यतालिका तयार भएको छ । हाल आयोजनाको झण्डै ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
 
आयोजना सञ्चालनमा आएपछि भारतबाट वर्षातमा बिजुली आयात बन्द हुनेछ । हालसम्म आयोजना निर्माणमा रु ३३ अर्ब खर्च भएको छ ।
 
आयोजनाको कुल लागत रु ४१ अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक रु २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको