Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको ८ मेगावाट सोलार आयोजनामा बैंक अफ काठमाण्डौको लगानी

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १७ : ०१ मा प्रकाशित

अपि पावरको ८ मेगावाट सोलार आयोजनामा बैंक अफ काठमाण्डौको लगानी

अपि पावर कम्पनी लिमिटेडले शुक्रबार ८ मे.वा क्षमताको ग्रिडमा आवद्व परवानिपूर सोलार आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न गरेको छ ।

आयोनाको लागि कूल आवश्यक पूँजि ६४ करोड रहने र यस आयोजनामा बैंक अफ काठमाण्डौको एकल लगानी ४९.५ करोड रहनेछ । कम्पनीले यो आयोजना परवानीपुरमा निर्माण गरि उत्पादित विद्युत परवानिपुर सव–स्टेशनमा प्रवाह गर्नेछ । 

आयोजनाको वित्तिय व्यवस्थापनमा कम्पनीका तर्फबाट संजिव न्यौपाने र बैंक अफ काठमाण्डौको तर्फबाट  अनिल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।आयोजना ६ महिना भित्र सम्पन्नग र्ने लक्ष्य कम्पनीले लिएको छ । कम्पनीले यस अघि ४ महिनाभित्र ४ मे.वा को चन्द्रनिगापुर सोलार आयोजना सम्पन्नगरि ग्रिडमा प्रवाह गरिसकेको छ । 

कम्पनीले १ मे.वा क्षमताको सिमरा र १ मे.वाक्षमताको ढल्केवर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा लगेको छ । कम्पनीले ४० मे.वा क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण समेत तिव्र रुपमा गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको